• Thursday 29th of October 2026

सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन


  • धनकुटा खबर
  • .

काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

आज न्यायाधीश विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो । बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीलाई जिल्ला अदालतले रूपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जोशी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पनि जिल्ला अदालकै फैसला सदर गरेपछि उनी सर्वोच्च आएका थिए ।

आफूलाई थुनामा पठाउने आदेशमा त्रुटीरहेको जिकिरसहित उनी सर्वोच्च पुगेका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सक्ने व्यवस्था रहेको छ । जोशी अहिले जिल्ला कारागार रूपन्देहीमा थुनामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖