• Thursday 29th of October 2026

दुई घण्टा ढिलो गरी प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ढिलो गरी सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका माग, राष्ट्र बैंकको गर्भनर नियुक्ती लगायतका विषयमा छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖