• Thursday 29th of October 2026

पूर्वराजा ज्ञानेन्द्रलाई एमाले नेता बस्नेतको प्रश्न : चोरी गर्न लगाएर श्रीपेच आउला र महाराज ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहसमक्ष प्रश्न गरेका छन् ।

चैत्र १५ गतेको तिनकुने प्रदर्शनको क्रममा कोटेश्वरको भाटभटेनीबाट फलफूल चोरेको केशमा पक्राउ परेकाहरु हाजिरी जमानीमान छुटेको उल्लेख गर्दै बस्नेतले चोरी लगर्न लगाएर श्रीपेच आउला र महाराज भन्दै पूर्वराजा शाहसमक्ष प्रश्न गरेका हुन् ।

नेता बस्नेतले फेशबुकमा लेखेका छन्–‘चैत १५ गते पूर्वराजाको नामको प्रदर्शनमा भाटभटेनी बाट स्याउ सुन्तला चोरी गरेर पक्राउ परेका ८ जना देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल हाजिर जमानीमा छुटेका छन्। चोरी गर्न लगाएर श्रीपेच आउलार महाराज ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖