• Thursday 29th of October 2026

प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम भने तत्काल गर्ने गरेको महामन्त्री थापाको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको बताएका छन् । आज (बुधबार) बारामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार उद्देश्यअनुरुप हिँड्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यसपटकको गठबन्धन सुशासनका लागि बनाइयो । जुन अपेक्षाले यात्रा प्रारम्भ गरियो, जुन गतिमा हामी हिँड्नु पर्ने हो भएको छैन। जुन तत्काल हुनुपर्ने निर्णय हुँदैन, नगरे पनि हुने तत्कालै हुन्छ ।’

महामन्त्री थापाले आफूहरु सरकार अदल–बदलको खेलमा नरहेको पनि प्रष्ट पारे । उनले कांग्रेसको कारण अहिले पनि सरकार नबद्लिएको बताए । आफूहरु इमानदार रहेको र सरकारको काम गर्ने शैलीमात्रै परिवर्तन गर्न चाहेको उनले बताए ।

महामन्त्री थापा सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रमा छन् । विगत केही समयदेखि महामन्त्री थापाले सरकारको निरन्तर आलोचना गर्दै आइरहेका छन् । महामन्त्री थापाले सरकारको मति ठीक नभएको र त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए । मंगलबार पार्टीको एक कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖