• Wednesday 7th of October 2026

नयाँ पार्टीहरुले देश हाक्न सक्दैनन्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुले देश हाक्न नसक्ने बताएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउदै ओलीले नयाँ भनिएका पार्टीहरुसंग देशलाई हाक्न सक्ने कुनै सोच र योजना नरहेको बताएका हुन् । उनले नयाँ पार्टीहरुसंग सहि ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गरे । त्यस्तै पुराना भन्ने पार्टीहरुले पनि केहि गर्न नसकेको जिकिर गरे ।

कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिडेको उनले बताए । उनले कांग्रेसको पछाडी लाग्ने भनाई माधव नेपाललाई सुहाएपनि कांग्रेसलाई भने माओवादीको पछाडी हिड्न नसुहाउने धारणा राखे।

माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उनको छ । उनले गरिबी निवारण गर्न सक्ने , सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दावी गरे । एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उनले बताए ।

त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताए । उनले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । एमालेबाटै समृद्धिको सपना साकार हुने उनको भनाइ छ ।

माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖