• Thursday 29th of October 2026

प्रचण्डको दाबी : ओली सरकार आफ्नो बोझ थाम्न नसकेर ढल्छ


  • धनकुटा खबर
  • .

कपिलवस्तु, ५ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार आफ्नै बोझ धान्न नसकेर ढल्ने दाबी गरेका छन् ।

पछिल्लो समय सरकार ढल्ने दाबी गरिरहेका दाहालले आज कपिलवस्तुका बहादुरगञ्जमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो दाबी दोहोर्याएका हुन् ।

सो क्रममा उनले अहिलेको सरकार भ्रष्टाचारमा डुबेकोपनि गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकार भ्रष्टाचारमा डुबेको छ । अहिले सरकारकै मन्त्रीहरू असन्तुष्ट भएका छन् ।

सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको छ ।’ उनले अहिलेको सरकारलाई बिचौलियाले चलाइराखेको पनि आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖