• Thursday 29th of October 2026

बालुवाटारमा शिक्षकलाई एक घण्टा कुराइसके प्रधानमन्त्रीले, वार्ता अझै सुरु भएन


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका शिक्षकहरू एक घण्टादेखि कुरिरहेका छन्।

आन्दोलनरत नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता सुरु भएको छ।

यसअघी शिक्षा मन्त्रालयले पटक पटक वार्ताको आह्वान गरेपनि प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने महासंघको अडान थियो।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू दुई सातादेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका शिक्षकहरूले चैत २५ देखि अनिश्चितकालीन शैक्षिक हड्ताल गरिरहेका छन्।

विगतमा महासंघसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने र नयाँ विद्यालय शिक्षा ऐन बन्नुपर्ने महासंघको अडान छ।

विद्यालय शिक्षा ऐन नलिइकन घर नफर्कने आन्दोलनरत शिक्षकहरूले बताइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖