ताप्लेजुङमा ‘नो केबलकार’ समूहले विरोध जनाएपछि
ताप्लेजुङ पुगेका एमाले नेता योगेश भट्टराईलाई प्रहरीले शौचालय भित्र थुनेर सुरक्षा दिएको छ ।
केही समयपछि थप प्रहरी बल परिचालन गरी भीड तितरबितर पारिएको थियो। त्यसपछि मात्र भट्टराई बाहिर निस्कन सकेका थिए।
सुरक्षा चुनौती बढेपछि उनलाई प्रहरीले हेलिकोप्टरसम्म सुरक्षितरूपमा पुर्याएको थियो।
