• Thursday 29th of October 2026

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ वैशाख । नेपाल शिक्षक महासंघले निजी विद्यालय पनि बन्द गरिदिएर आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगिसकेको भन्दै अब यसलाई निर्णायक बनाउन सहयोग गरिदिन भनेका हुन् । महासंघले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनसमेत शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ । ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरुसमेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’– विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महासंघले भनेको छ । महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुनसमेत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

विगतमा आफूहरुसँग भएको सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । जसका कारण शैक्षिक शत्र सुरु हुँदैगर्दाको विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖