• Thursday 29th of October 2026

चन्द्रकला पौडेल सचिवमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ। सरकारले चन्द्रकला पौडेल लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको सचिव पदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव पौडेलसहित सहसचिवद्वय शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरिएको थियो।

केही दिन अघि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖