• Thursday 29th of October 2026

प्रधानमन्त्री ओलीलाई अर्को संकट, गभर्नर छनोट सिफारिश समितिबाट भट्टराईले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ बैशाख । नेपाल राष्ट्र बैंकको गनर्भर नियुक्तीको लागि गठित सिफारिश समितिको सदस्यबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको उक्त सिफारिस समितिमा भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल नियुक्त भएका थिए ।

तर, समितिको बैठक नै बस्न नसकेपछि भट्टराईले राजीनामा दिएका हुन् । गनर्भर नियुक्तीको विषय यतिवेला कांग्रेस र एमालेमा पेचिलो विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा सहमति भैसकेको छ ।

जसअनुसार दुवै नेता डा. गुणाकर भट्टको नाममा सहमत भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖