काठमाडौं । साविक विजेता इङ्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय विश्वकपमा शानदार सुरुवात गरेको छ ।
बिहीबार भएको खेलमा २८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा एक विकेट गुमाएर पुरा गर्योा ।
न्युजिल्यान्डका रचिन रविन्द्र र डेभोन कनवेले सतक बनाए । रवीन्द्रले १२३ र कनवेले १५२ रन जोडे । गत संस्करणमा न्युजिल्यान्डलाई नै हराएर इङ्ल्यान्डले उपाधि जितेको थियो ।
