• Thursday 29th of October 2026

ओलीले किन धेरै गाली खान्छन् ?, यस्तो छ महेश बस्नेतको विश्लेषण


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय सबैभन्दा धेरै गाली खाने नेता केपी शर्मा ओली बनेको बताएका छन् । यसअघि, नेपालमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला भएकोमा अहिले गाली खाने नेतामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बनेको बताएका हुन् ।

‘यो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्व. गिरिजाप्रसाद कोइराला थिए । किनभने उनी कहिल्यै भिडको भावनामा बहेनन् । कहिलेकाहीँ आफ्नै सभामा, आफ्नैविरुद्ध नाराबाजी हुँदा पनि उनी डगमगाएनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज सबैभन्दा धेरै गाली खाने नेतामा परेका छन् — केपी शर्मा ओली ।’

किन ओली सबैभन्दा धेरै गाली खाने नेता बने त भन्नेमा उनको आफ्नो तर्क पनि छ । उनी भन्छन्,

उनी विदेशीको सामु घोडा नटेक्ने नेता हुन ।
जनताको सार्वभौम सत्ताको पक्षमा छन्।
सामाजिक सद्भावको पक्षमा छन्।
राष्ट्रिय एकताको पक्षमा छन्।

उनी जनताको सार्वभौम सत्ताको पक्षमा छन्।
समृद्ध नेपाल सुखी नेपालीको पक्षमा छन्।
उनी कहिले भिडको सेन्टिमेन्ट क्याच गरेर बोलेर लोकप्रिय बन्ने प्रयास गर्दैनन्।
सत्य जे हो, त्यही बोल्छन्, निडर भएर ।

उनले अहिले नेपालमा भीडलाई खुसी पार्ने भाषण गरेर, सोसियल मिडियाको ट्रेन्डअनुसार बोलेर तत्कालका लागि ‘हाई–हाई’ पाउने नेता धेरै जन्मेको टिप्पणी गरेका छन् । ‘तर दीर्घकालसम्म ‘हाई–हाई’ हुने नेता भने सत्य बोल्न र देशको हितमा सतिसालझैँ उभिन सक्ने पात्र मात्र हुन्छ । त्यो के पी ओली हो ।’

उनी थप्छन्, ‘केपी ओलीसँग तत्काल लोकप्रिय हुन सक्ने ‘कला’ नभएको होइन । तर उनी क्षणिक फाइदा होइन, दीर्घकालीन प्रभाव हेरेर बोल्छन्, काम गर्छन् । सत्यसँग लड्दैनन् शक्तिसँग झुक्दैनन् । यही हो ‘क्लास’ — जुन सबैसँग हुँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖