• Thursday 29th of October 2026

दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

राज्य बिरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनिहरुलाई यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईं समेतलाई राज्य बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको
सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका छन् ।

राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।

प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्या गरेको आरोपमा ज्यान सम्बन्धी कसुरमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनवरत तत्पर फौज (एटिएफ)मा आबद्ध रामेछापको सुनापति घर भएका सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका–५ घर भएका गोकर्ण शाहीलाई पनि प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖