शिक्षक आन्दोलन चर्किरहेको बेला नेपाल चिकित्सक संघले देशभरका आवासीय चिकित्सकहरुलाई काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण चिकित्सकहरुलाई बिहीबार बिहान १० बजे देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ।
साथै, उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
