• Thursday 29th of October 2026

कुलमान घिसिङलाई हटाउन नहुने बिषयमा बोल्दा उर्जामन्त्री खड्काको बर्खास्तीमा परे राज्यमन्त्री तामाङ


  • धनकुटा खबर
  • .

कुलमान घिसिङलाई हटाउन नहुने बिषयमा बोल्दा उर्जामन्त्री खड्काको बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रो नदेखेको बताएका छन्।

‘केहीबेर अघि प्रधानमन्त्रीले हटाउनुहुने भयो राजीनामा दिनु भनेर गृहमन्त्रीले फोन गर्नु भएको थियो। मैले दिन्न भनेँ।’ उर्जामन्त्री दीपक खड्कासँग तालमेल नमिलेपछि तामाङलाई नेपाली कांग्रेसले पनि राजीनामा दिन दबाब दिँदै आएको थियो ।

कांग्रेसकै दवावमा प्रधानमन्त्री ओलीले तामाङ्गलाई बर्खास्त गरेको निकट श्रोतले बताएको छ । गतवर्षको साउन १८ गते राज्यमन्त्री नियुक्त भएका तामाङ कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖