• Thursday 29th of October 2026

प्रधानमन्त्री ओलीले थाले कांग्रेससँग जोरी खोज्न


  • धनकुटा खबर
  • .

काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली कांग्रेससँग जोरी खोजेका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को निम्तोमान्न थाइल्याण्ड पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याए उर्जा राज्यमन्त्रीलाई बर्खास्त गर्दै ओलीले जोरी खोजेका हुन् ।

देउवाको थाइल्याण्ड भ्रमणबारे आंशका गर्दै ओली सरकार ढल्नेमा ससंकित भएपछि यस्तो निर्णयमा पुगेको श्रोतको भनाई छ ।

उर्जाराज्यमन्त्री तामाङको कार्याशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री तामाङलाई राजीनामा दिन सुझाएका थिए । तामाङले उर्जा राज्यमन्त्रीबाट राजीनामा नदिने अड्डी कसेपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले सरकारको विरुद्धमा बोलेको भन्दै हटाइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖