• Thursday 29th of October 2026

कांग्रेस सरकारबाट बाहिर निस्कन सक्ने महामन्त्री थापाको संकेत


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको संयन्त्र सदस्य रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारबाट अलग हुन सक्ने संकेत गरेका छन्।

निक्कै बचाऊपूर्ण तर्क गरेका उनले परेको खण्डमा सरकारबाट अलग हुन सकिने बताए। उनले बिहीबार लोकतन्त्र दिवसका अवसरमा काठमाडौंमा गरिएको एउटा कार्यक्रममा भने,‘आधारभूत कुरामा हामी सम्झौता गर्दैनौं भनेर हामीले भन्न सक्नुपर्छ। परेको खण्डमा हामी यस्तो सरकारबाट बाहिर जान्छौं। सरकारमा बस्ने वा नबस्ने, सरकार नै ठूलो कुरा थियो भने त ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा हामी गएनौं त। महेन्द्र वा वीरेन्द्रले पनि सरकार बनाउँदै गर्दा हाम्रा नेताहरू जानुभएको थिएन।’

तर यति भनिरहँदा थापाले उत्तेजनामा आउने र भड्काउवादी कुरा समेत गर्न नहुने बताउँदै भने,‘भागेर हुन्न, सामना गर्नुपर्छ, संवाद गर्नुपर्छ। जनतालाई भरोसा दिलाउने काम कांग्रेसको हो।’

यसअघि कार्यबाहक सभापतिको जिम्मेवारी पाएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले यस्तो संकेत दिएका थिए। एमालेसँगको असन्तुष्टि प्रकट गरेका उनले भनेका थिए,‘सभापति आएपछि नयाँ ढङ्गमा कुरा हुन्छ।’

विहीबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा सरकार लामो समय जान नसक्ने खबर प्राप्त भएको बताएका थिए। त्यसअघि बैंकक जान लागेका कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा प्रचण्डको कुराकानी भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖