• Thursday 29th of October 2026

वार्ताका लागि मन्त्री भेट्न हिँडेका शिक्षक नेता बाहिरैबाट फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । शिक्षा मन्त्रालयले तीन हप्ताभन्दा धेरै समयदेखि जारी शिक्षक आन्दोलनका नेताहरूलाई वार्ताका लागि बोलाए पनि उनीहरू मन्त्रालय प्रवेश नगरेरै फिर्ता भएका छन्।

यसअघि सरकारसँग वार्तामा बस्न अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासंघ नेतृत्वको टोली सरकारसँग कार्तामा बस्न तयार भए पनि मन्त्रालय प्रवेश नगरेरै फिर्ता भएको हो।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं। आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं। तर, विशेष कारणवस आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖