• Wednesday 7th of October 2026

गभर्नर अधिकारीको दस्तखत रहेको २० रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा


  • धनकुटा खबर
  • .

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको २० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।

बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नोट चलनचल्तीमा आएको जनाएको छ । यसअघि चलन चल्तीमा रहेको नोटमा डा.चिरञ्जीवि नेपालको हस्ताक्षर रहेकोमा अहिले छापिएको नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं २०७९ लेखिएको छ ।

त्यस्तै, पृष्ठ मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा बाह्रसिङ्गेको दुई वटा चित्र रहेको छ । तल्लो भागको बोर्डरमा सिरिज नम्बर अङ्ग्रेजीमा २०२३ ए.डी लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖