• Monday 5th of October 2026

सन्दिप लामिछाने पछि अर्को क्रिकेटरलाई पनि लाग्यो बलात्कारको मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपालका चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई लागेजस्तो मुद्धा एक भारतीय क्रिकेटरलाई पनि लागेको छ । जोधपुरको कुडी भगतासनी हाउजिङ बोर्ड थानामा क्रिकेटर शिवालिक शर्माविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको हो ।

बिहेको प्रलोभनमा पारेर आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले शर्माविरुद्ध उजुरी दर्ता गराएकी हुन् । आफ्नै घरमा आएर शर्माले बलात्कार गरेको पीडित युवतीको आरोप छ । सोही उजुरीका आधारमा प्रहरीले शर्मालाई पक्राउ गर्ने तयारी थालेको छ ।

यो सिजन क्रिकेटमा संलग्न नरहेका उनी बडौदा टिमबाट घरेलु क्रिकेट खेल्थे । उनले पछिल्लो पटक बडौदाबाट गत जनवरीमा जम्मु कश्मिरविरुद्ध खेलेका थिए । उनी आइपिएलमा मुम्बई इन्डियन्स टिममा समेत आवद्ध थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖