• Wednesday 7th of October 2026

अध्यक्षमा हारेका मायानाथले गुमाए केन्द्रीय सदस्य


  • धनकुटा खबर
  • .

पोखरा । लमजुङका मायानाथ अधिकारीले नेकपा एमाले केन्द्रीय सदस्य पद गुमाएका छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका अधिकारीले विधानअनुसार सो पद गुमाएका हुन् ।

एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद गुम्ने प्रावधान छ ।

केन्द्रीय सदस्य गुमाएका अधिकारी एमाले गण्डकी अध्यक्षमा नवराज शर्मासँग पराजित भएका थिए ।

नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका हुन् ।

यसअघि प्रदेश अध्यक्ष लडेका प्यूठानका हरि रिजाल, मोरङका विनोदप्रसाद ढकाल र कृष्णप्रसाद दाहालले पनि केन्द्रीय सदस्य गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖