• Monday 5th of October 2026

नेपालले टक्कर दिएको भारतसँग बंगलादेशको आत्मसमर्पण, ९ विकेटले हार्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा बंगलादेश भारतसँग ठूलो अन्तरले पराजित भएको छ ।

नेपालले टक्कर दिएको भारतसँग बंगलादेश ९ विकेटले हारेको हो ।

केही बेरअघि सम्पन्न सेमिफाइनल खेलमा टस हारेर पहिले फिल्डिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो ।

९७ रनको सामान्य लक्ष्य भारतले ९ ओभर २ बलमा पुरा गर्‍यो, मात्र १ विकेट गुमाएर ।

भारतका लागि ओपनर यशष्भी जैसवाल शून्य रनमा आउट भए पनि रुतुराज गायक्वाडले २६ बलमा ४० र तिलक बर्मामाले २६ बलमा ५५ रन बनाउँदै खेल जिताएका थिए ।

जितसँगै भारत फाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖