• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानमा भारतीय आक्रमणको डर : रक्षामन्त्रीले दोहोर्‍याए जबाफी धम्कीको कुरा


  • धनकुटा खबर
  • .

एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले नियन्त्रण रेखा (एलओसी) मा जुनसुकै बेला सैन्य कारबाही गर्न सक्ने दाबी दोहोर्‍याएका छन्। उनले भनेका छन्, ‘हामी यसको उचित जवाफ दिनेछौं।’

आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक फाइदाका लागि क्षेत्रलाई आणविक युद्धको जोखिममा धकेलिरहेको भनेका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा तथा बलुचिस्तानमा भारतले आतंकवाद फैलाइरहेको आरोप पनि उनको छ।

भारतले बुधबार २४४ जिल्लामा नक्कली आक्रमण अभ्यास गर्ने तयारी गरेको छ, जसमा हवाई आक्रमणको चेतावनी साइरनसहित नागरिकलाई सुरक्षा तालिम दिइनेछ।

सीमा क्षेत्रमा १२ दिनदेखि दुवै पक्षबाट लगातार गोलीबारी भइरहेको छ, तर मानवीय क्षतिको खबर आएको छैन।

पाकिस्तानको संसद् बैठक आज पनि बस्दैछ। आजको बैठकमा पहलगाम आक्रमणपछि भारत–पाकिस्तान तनाव र सिन्धु जल सन्धि निलम्बनबारे छलफल हुने जनाइएको छ।

सोमबारको संसद् सत्रमा पाकिस्तानले आतंकवादको निन्दा गर्दै निर्दोष नागरिकको हत्या आफ्नो मूल्यविरुद्ध भएको बताएको थियो। त्यसै दिन संयुक्त राष्ट्र सुरक्षा परिषद्ले भारत–पाकिस्तान तनावबारे डेढ घण्टा बन्द कोठामा छलफल गर्‍यो। राजदूतहरूले संयम र संवादको अनुरोध गरे पनि कुनै वक्तव्य जारी गरिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖