• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारतले कश्मीरमा ‘आत्मसमर्पणको प्रतीक’ सेतो झण्डा फहराएर हार स्वीकार !


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानका संचारमन्त्रीले भारतले कश्मीरमा सेतो झण्डा फहराएर हार स्वीकार गरेको दाबी गरेका छन् ।

बुधबार बिहान ७ बजेतिर सूचना मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै तरारले भारतले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको र “हार स्वीकार गरेको” दाबी गरे। पृष्ठभूमिमा बजाइएको सेतो झण्डाको फुटेजको अगाडि बसेर मन्त्रीले यो कुरा भने।

“उनीहरूलाई सेतो झण्डा फहराउन बाध्य पारिएको छ,” तरारले भने। पीटीभी न्यूजले सैन्य संरचनाको माथि फहराइएको सेतो झण्डाको फुटेज पनि साझा गरेको छ ।

तरारले थप भने – सीमापारि भारतीय सेनाका “धेरै” चौकीहरू पाकिस्तानी सशस्त्र बलले ध्वस्त पारेको छ।

उनले पाकिस्तानले पहलगाम आक्रमणको छानबिनको लागि आह्वान गरेको तर भारतले “यो आक्रमण गर्‍यो र त्यसपछि त्यहाँबाट भागेको” दाबी गरे । “निर्दोष मजदुर र नागरिकहरूलाई लक्षित गर्नु उनीहरूको लागि लज्जाको कारण हो,” उनले थपे।

मन्त्रीका अनुसार पाकिस्तानले आफ्नो बदला लिने कारबाहीमा भारतका कुनै पनि नागरिकलाई निशाना बनाएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖