• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हामीले हाम्रा निर्दोष मानिस मार्नेलाई मार्‍यौँ : भारतिय रक्षामन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं : रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका छन्। सीमा सडक संगठन बीआरओको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने,‘प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा भारतीय सेनाले सबै भारतीयहरूलाई गौरवान्वित बनाएको छ।’ उनले भारतीय सेनाले नयाँ इतिहास रचेको बताए।

राजनाथ सिंहले भने,‘भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ कार्य गर्‍यो। निर्धारित लक्ष्यहरूलाई सटीकताका साथ र योजनाबद्ध योजना अनुसार नष्ट गरियो। कुनै पनि नागरिक स्थान वा नागरिक जनसंख्या प्रभावित नहोस् भनेर पनि संवेदनशीलता देखाइएको थियो।’

राजनाथ सिंहले रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै भारतीय सेना हनुमान जीको आदर्शलाई पछ्याउने गरेको बताए। उनले भने,‘हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्‍यौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖