• Monday 5th of October 2026

भुटानमा डेब्यु खेलमै पूजाको गोल


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक पूजा रानाले भुटान महिला राष्ट्रिय लिगको डेब्यु खेलमै गोल गरेकी छन्।

ट्रान्सपोर्ट युनाइटेड एफसीमाआबद्ध पूजाले सोमबार लिगको पहिलो खेलमा भुटान यु–१७ टोलीविरुद्व गोल गरेकी हुन्।

पूजाले ८७औं मिनेटमा गोल गरेकी थिइन्। उक्त खेलमा ट्रान्सपोर्टले ८–० को फराकिलो जित निकाल्दै सानदार सुरुआत गरेको छ। पूजासँगै नेपालका सम्झना लावती र बिर्सना चौधरीले ट्रान्सपोर्टबाट खेलेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖