• Wednesday 7th of October 2026

सांसद सिंह – आफ्नो दोष अरुलाई थोपार्न राजावादीहरुलाई सद्भाव बिथोलेको आरोप लगाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं। राप्रपाका सांसद दीपकबहादुर सिंहले धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोहि व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बतएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले मुलुकमा धार्मिक सदभाव कायम गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी एकमत रहेको भन्दै कहिकतै धार्मिक सदभाव बिथोल्ने काममा राप्रपाका कोहि व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका हुन्।

उनले धार्मिक सदभाव बिथोल्ने काममा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्नता भए कारवाही गर्न समेत सरकारलाई चूनौति दिए। धार्मिक सदभाव बिथोल्ने काममा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्न भए आफु सांसद पदबाटै राजीनामा दिने उनले बताए उनले बिभिन्न प्रकरणमा आफ्नो दोष अरुलाई थोपार्न राजवादीहरुलाई आरोप लगाइएको तर्क गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖