बझाङ भूकम्पबाट प्रभावितलाई सरकारले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ ।
क्षति अवलोकनपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विभिन्न कार्यक्रमहरू घोषणा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च दिने प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका छन् ।
