• Monday 5th of October 2026

नेपाल फर्किएको भोलिपल्टैबाट एक्सनमा क्रिकेट टोली, आजै भारत प्रस्थान !


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपालको राष्ट्रिय क्रिकेट टोलीले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षण आइपिएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा गर्ने भएको हो।

१९ औं एसियाली खेलकुद (एसियाड) खेलेर नेपाल फर्किएको भोलि पल्टै नेपाल राजस्थान जाने भएको छ। एसियाली खेलकुदमा सहभागी भएर नेपाल बिहिबार मात्र नेपाल आइपुगेको थियो।

नेपाली टोलीले नागपुरमा १० दिन अभ्यास गर्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। अभ्यास पश्चात नेपाल त्रिकोणात्मक सिरिज र विश्वकप छनोट खेल्न नेपाल फर्किनेछ।

विश्वकप छनोट अघि नेपालले तीन देश सम्मिलित टि२० आई त्रिकोणात्मक सिरिज खेल्दैछ। असोज ३० देखी कार्तिक ९ गते ९अक्टोबर १७ देखी २६० सम्म मुलपानी र टियु क्रिकेट मैदानमा नेपाल, युएई र हङकङबीच त्रिकोणात्मक सिरिजमा प्रतिष्पर्धा हुनेछ।

त्यसपछि कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनल पुग्ने टोलीले पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्नेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖