• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, श्रीनगरमा आपतकालीन अवतरण


  • धनकुटा खबर
  • .

दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगोको फ्लाइट बुधबार बेलुका खराब मौसमका कारण टर्बुलेन्समा परेपछि आपतलकालीन अवतरण गरेको छ। उडान आँधीमा फसेसंगै आपतकालीन परिस्थिति सिर्जना भएको इन्डिगो एयरलाइन्सले जनाएको छ।

जहाजको अगाडिको भाग ‘नोज कोन’ भाँचिएको छ भने फ्लाइटमा २२७ जना यात्रु र क्रू सदस्यहरू सबैजना पूर्ण रूपमा सुरक्षित रहेका छन्।

सामाजिक सन्जालमा फ्लाइटको भित्रको स्थिति देखिने थुप्रै भिडियोहरू सार्वजनिक भएका छन्। ती भिडियोहरूमा यात्रुहरू ज्यान बचाइदिन भगवान्सँग प्रार्थना गरिरहेको देखिन्छ। बच्चाहरूको रोइरहेको आवाज पनि सुनिन्छ।

यात्रुहरूमा तृणमूल कांग्रेसका ५ जना नेताहरूको प्रतिनिधिमण्डल पनि यात्रामा थियो। तीमध्ये सांसद सागरिका घोषले भनिन्, ‘मलाई लागिरहेको थियो कि मृत्यु एकदम नजिक आइसकेको छ। जीवन सकिएको जस्तो लाग्यो। मानिसहरू चिच्याइरहेका थिए, प्रार्थना गरिरहेका थिए। जस पाइलटले हामी सबैको ज्यान जोगाए, उसलाई सलाम।’

इन्डिगोले प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, ‘यात्रा गरिरहेका यात्रुहरूले उडानको क्रममा अचानक परेको ओलावृष्टिको सामना गर्नुपरेको थियो। फ्लाइट र केबिन क्रूले सम्पूर्ण प्रोटोकलअनुसार व्यवहार गरे र सुरक्षित रूपमा श्रीनगरमा ल्यान्ड गराइयो। एयरपोर्टको टोलीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दियो र उनीहरूको आवश्यक देखभाल गरिएको छ।’

सामाजिक सन्जालमा भाइरल भिडियोमा तीव्र झट्काका कारण केबिनभित्र राखिएका सामानहरू खस्न थालेका, यात्रुहरू चिच्याइरहेका, क्रूले सीट बेल्ट लगाउन निर्देशन दिइरहेका आवाज सुनिन्छन्।

यस्तो गम्भीर स्थितिमा पनि सुरक्षित ल्यान्ड गराएकोमा पाइलटको खुब प्रशंसा गरिएको छ। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖