काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले आत्महत्याको योजना बनाएको खुलेको छ । साढे २ बर्षअघि विमानस्थलमा हत्कडी लाग्दा आत्महत्यासम्मको योजना बनाएको एक अनलाइन मिडियाको अन्तरवार्तामा भनेका छन् ।
उनले हत्कडी लगाईंदा अर्धमृत झैं भएको र त्यतिबेला आत्महत्याको प्रयास गरेको बताएका हुन् ।
करिब अढाइ वर्षको मौनता तोड्दै सन्दीप लामिछाने एक मिडियामा खुलेर बोलेका छन् । अन्तर्वार्तामा उनले आफ्नो मुद्दा, मानसिक संघर्ष र क्रिकेटप्रतिको समर्पणबारे गम्भीर ढंगले चर्चा गरेका छन् ।
हत्कडी लागेको क्षणदेखि आत्महत्यासम्मको सोचसम्म पुगेको अनुभव सुनाउँदा उनी निक्कै भावुक बनेका थिए । उनले भने एयरपोर्टमै हत्कडी लगाईंदा अर्धमृत झैं भएको थिएँ । तर आज, उनी आत्मविश्वासी छन्—न त घमण्डी देखिन्छन्, न निराश।
क्यान र पारस खड्कासँगको सम्बन्धबारे स्पष्टता ल्याउँदै, उनले आफ्ना आलोचकलाई जवाफ दिएका छन्। हाल लिग २ मा सहभागिता जनाइरहेका सन्दीप अझै नेपाली क्रिकेटका केन्द्रमै छन्।
