गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव विमल पौडेलमाथि नक्कली कागजात तयार गरी भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि उनलाई मन्त्रालयकै अर्को शाखामा सरुवा गरिएको छ।
तर, यो सरुवा सरुवा जस्तो देखिए पनि व्यवहारमा खासै परिवर्तन भएको छैन।
जेठ ४ गतेदेखि लागू हुने गरी पौडेललाई मन्त्री सचिवालयबाट विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
सरुवा प्रक्रिया गुपचुप ढंगले अघि बढाइएको छ र मन्त्रालयभित्रकै एउटा कोठाबाट अर्को कोठामा मात्र सरुवा गरिएको छ।
मन्त्रालयभित्र यसलाई ‘कागजी कारबाही’ मात्र भएको टिप्पणी भइरहेका छन्।
