• Monday 5th of October 2026

बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।

नेपाली टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेसहित पाँच जना खेलाडीलाई बीबीएलले ड्राफ्टमा राखेको हो ।

प्रतियोगिताका लागि सन्दीपसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् ।

सन्दीप अघिल्लो वर्ष पनि ड्राफ्टमा परेका थिए । अघिल्लो सिजन सन्दीपलाई कुनै टोलीले बोली लगाएनन् ।

बीबीएल ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् । बीबीएलको अक्सन जुन १९ मा हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖