• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रेमीसँग भेटिएपछि रिसाएका पतिले टोकेर पत्नीको नाकै झारिदिएपछि..


  • धनकुटा खबर
  • .

भारतीय राज्य उत्तर प्रदेशको हरदोई जिल्लामा पुरपुरुषसँग प्रेम गरेको रिसमा एक युवकले पत्नीको नाक टोकेर अलग गरिदिएका छन्।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घटना जिल्लाको थाना हरियावाको देवरिया प्रसिद्ध नगर गाउँको हो।

यस ठाउँका बासिन्दा रामखेलावनले श्रीमती पूजा देवी सोही गाउँका सुशील कुमारसँग रंगेहात फेला पारेपछि नाक टोकिदिएका हुन्।

पूजा देवी बुधबार बिहान आफ्ना प्रेमीको घरमा भेट्न गएकी थिइन्। यो जानकारी पाएपछि पति रामखेलावन उनलाई लिन प्रेमीको घर पुगे।

तर जति सम्झाउँदा पनि घर फर्कन मान्दै नमानेपछि रिसाएका रामखेलावनले पूजाको नाक नै अलग हुने गरी टोकिदिएका हुन्।

यसपछि महिलाका प्रेमी झरेको नाक बक्समा हालेर प्रहरी चौकीमा गएर उजुरी दिए।

उजुरीको आधारमा प्रहरीले पूजाका पति रामखेलावनलाई पक्राउ गरेको छ।

महिलालाई उपचारका लागि लखनऊ मेडिकल कलेज पठाइएको छ।

विवाहित पूजा सुशील कुमारसँग १० महिनादेखि प्रेम सम्बन्धमा थिइन्।

यसअघि पनि रामखेलावनले पत्नीलाई त्यस्तो सम्बन्ध नबनाउन पटकपटक भनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖