• Monday 5th of October 2026

आइपीएल टिम सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको बिहेको चर्चा, को हुन् बेहुला ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आइपीएल टिम सनराइजर्स हैदराबादकी मालिक अर्बपति काव्या मारनको बिहेको चर्चा चलेको छ । उनको प्रसिद्ध गायक तथा संगीतकार अनिरुद्ध रविचन्द्रसँग बिहे हुन लागेको दाबी गरिएको छ ।

धेरै रिपोर्टहरूले दाबी गरेअनुसार अनिरुद्ध रविचन्द्रले आईपीएल फ्रान्चाइजी सनराइजर्स हैदराबादकी मालिक काव्या मारनलाई डेट गरिरहेका छन्। अहिले उनीहरूको विवाहको चर्चा छ। भाइरल रेडिट पोस्टमा काव्या मारन र अनिरुद्ध एकअर्कासँग गम्भीर सम्बन्धमा रहेको उल्लेख गरिएको छ।

सुपरस्टार रजनीकान्तले सन टिभीका मालिक कलानिधि मारनसँग उनीहरूको सम्बन्धको बारेमा व्यक्तिगत रूपमा कुरा गरेका छन्। यसपछि उनीहरू दुवैले चाँडै विवाह गर्न सक्ने दाबी गरिएको छ । अनिरुद्ध र काव्याले २०२४ देखि एकअर्कालाई डेट गर्न थालेको चर्चा भइरहेको छ। हालै उनीहरू दुवै जना एक रेस्टुरेन्टमा डिनर गर्दै गरेको देखिएको छ।

उनीहरूको विवाहको तयारी सुरु भइसकेको अनुमान गरिएको छ। अनिरुद्ध रविचन्द्र तिनै गायक तथा संगीतकार हुन् जसले केही वर्षअघि सुपरहिट गीत “ह्वाइ दिस कोलावेरी डी” कम्पोज गरेका थिए । अनिरुद्ध भारतका सबैभन्दा महँगा गायक तथा संगीतकार हुन्, जसले प्रति एल्बम १० करोड रुपैयाँ लिन्छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖