काठमाडौं। स्कटल्याण्डमा जारी टि २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले एक सय ७५ रनको लक्ष्य पाएको छ।
स्कटल्यान्डको टिटउट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७४ रन बनाएको हो।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ८६ रन बनाए। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै रेलोफ भान डेर मर्वेले ३६ तथा आर्यन दत्तले १७ रन बनाए। नेपालका लागि करण केसीले दुई विकेट लिए।
यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिए।
टि २० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो।
