• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा बस र माइक्रो बस ठोक्किँदा ७ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

चितवन । चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको सो दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका हुन् । मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖