काठमाडौँ । नेपाली टिम होरा ईस्पोर्ट्स ‘पब्जी मोबाइल विश्वकप २०२५’ मा छनोट भएको छ ।
होरा ईस्पोर्ट्स पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२५ मा सहभागी तीन नेपाली टिममध्ये विश्वकप खेल्ने भएको छ ।
होरा ईस्पोर्ट्सले कजाखस्तानको अल्माटीमा आइतबार सम्पन्न सुपर लिगका १८ खेलमा एक सय ३९ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो । यो प्रतियोगितामा मंगोलिया–चिनियाँ टिम अल्फा गेमिङ एक सय ७० अंकसहित पहिलो भयो भने पाकिस्तानको फोरथ्राइभ्स ईस्पोर्ट्स एक सय ३७ अंकसहित तेस्रोमा रह्यो ।
कुल २ लाख अमेरिकी डलर पुरस्कारको प्रतियोगिताबाट शीर्ष तीन टिम टिम विश्वकपमा छनोट हुने प्रावधान रहेको थियो ।
