• Tuesday 6th of October 2026

दशैँका लागि नोट सटही कहिलेबाट ?


  • धनकुटा खबर
  • .

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले दशैँका लागि नोट सटहीको तयारी थालेको छ। घटस्थापनाको भोलिपल्ट असोज २९ गतेबाट नोट सटही सुरु गर्ने गरी मुद्रा व्यवस्थापन विभागले तयारी थालेकाे राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले जानकारी दिए।

उनका अनुसार काठमाडौँमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सकिनेछ। काठमाडौँबाहिर राष्ट्र बैंकका प्रदेश कार्यालयबाट साट्न सकिनेछ। सर्वसाधारणले घटस्थापनाको भोलिपल्टदेखि ५ दिनसम्म सटही सुविधा पाउने छन्। यस वर्ष दशैँमा सटहीका लागि कति रकम छुट्याउने भन्ने निर्णय भइसकेको छैन।

सूचना अधिकारी पोखरेलका अनुसार सर्वसाधारणले कति सटही गर्न पाउँछन् भन्ने पनि टुंगो लागिसकेको छैन। विगतका वर्षहरूमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले सटही सुविधा दिइएकाे थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖