काठमाडौँ । साउदी क्लब अल-नासरले आफ्नो सिजनपूर्व तयारीका क्रममा फ्रेन्च लिग १ को टोली टुलुजसँग मैत्रीपूर्ण खेल खेलेको छ। मैत्रीपूर्ण भए पनि यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो ।
दुवै टोलीले मैदानमा उच्च गतिको प्रदर्शन गर्दै प्रशंसकहरूका लागि आकर्षक फुटबल देखाए। अन्ततः साउदी टोली २-१ गोलले विजयी बन्यो ।
खेलको २५ औँ मिनेटमा फ्रेन्च टोलीले पहिलो गोल गर्दै अग्रता लियो। यान गोब्नोले टुलुजका लागि गोल गरे । तर यो अग्रता धेरै समय टिक्न पाएन । ३३ औँ मिनेटमा साउदी क्लबका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो कुशल खेलमार्फत गोल गर्दै स्कोर बराबरी गरे ।
दोस्रो हाफमा पनि अल-नासरले आफ्नो तीव्र दबाब जारी राख्यो । परिणामस्वरूप ७७ औँ मिनेटमा मोहम्मद मारानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।
यो खेलमा नयाँ खेलाडी जोआओ फेलिक्सले पनि साउदी क्लबका लागि पहिलो पटक मैदानमा प्रवेश गरे र सुरुवाती लाइनअपमा ५९ मिनेट खेले।
टोलीले अगस्ट १९ मा साउदी सुपर कपबाट नयाँ सिजनको औपचारिक सुरुवात गर्नेछ ।
अल-नासरक्रिस्टियानो रोनाल्डोमैत्रीपूर्ण खेल
