• Monday 5th of October 2026

‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा कोचको रूपमा पुनः फर्किए गायक प्रमोद खरेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायक प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’मा कोचको रुपमा पुन: फर्किएका छन् । गायक खरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ का लागि निर्णायक(कोच) को रुपमा पुन: फर्किएको जानकारी दिएका हुन् ।

व्यक्तिगत कारणले आफूले विश्राम लिएको बताउँदै गायक खरेलले फेसबुकमा लेखेका छन्,’हजुरको माया साथ र आशीर्वाद ले फेरि उही जिम्मेवारीमा फर्केको छु । र सिजन ७ मा आबद्ध हुनेछु।’

खरेलसहित गायिका मेलिना राई र खेम सेन्चुरी गरी तीन जना कोचको टुंगो लागेपनि अर्का एक जना कोचको टुंगो लाग्न बाँकी छ ।

द भ्वाइस अफ नेपाल सिजन ७ एक महिना भित्रमै सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖