• Monday 5th of October 2026

क्रिस्टल प्यालेसको अपिल खारेज, युरोप लिग खेल्न नपाउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोपा लिग खेल्न नपाउने भएको छ ।क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ ।

फेडेरेसनले लगाएको प्रतिबन्धको विरुद्ध क्रिस्टल प्यालेसले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा गरेको अपिल खारेज भएको छ । अब क्रिस्टल प्यालेसले युरोपीयन कन्फेरेन्स लिग खेल्ने भएको छ । क्रिस्टल प्यालेसले युरोपा लिगमा आफ्नो स्थान बनाएपनि फेडेरेसनले कन्फेरेन्स लिगमा डिमोसन गरेको थियो ।फेडेरेसनले क्रिस्टल प्यालेसले मल्टी क्लब वनरसिपको नियम उलंघन गरेको आरोप लगाउदै कारवाही गरेको थियो ।

यस निर्णयबाट क्रिस्टल प्यालेसले करिब २७ मिलियन डलर गुमाउने भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖