• Wednesday 7th of October 2026

३९ किलो सुन कहाँ गयो ?


  • धनकुटा खबर
  • .

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाएका छन् ।

ब्रेक शुमा लुकाएर ल्याएको सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुरुमा करिब एक क्विन्टल भनिएको सुन ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो ।

राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर खोजेको थियो, जस क्रममा करिब ६१ किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

आइतबार पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भने ३९ किलो सुन कहाँ गयो भनेर प्रश्न गरे ।

सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी भन्ने, अहिले १०० केजी सुनमा ६१ केजी भयो, ३९ केजी कहाँ गयो ?’

सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेको समेत उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖