काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीको आईसीसी वरीयता एक स्थान खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र टी–ट्वान्टी फर्म्याटको अलराउन्डरको सूचीमा तेस्रो स्थानमा झरेका छन् ।
यसअघि उनी लामो समयसम्म दोस्रो स्थानमा रहँदै आएका थिए ।
यो फर्म्याटको नयाँ वरीयताको शीर्ष स्थानमा पनि भारतका हार्दिक पाड्या कायमै छन् । दोस्रो स्थानमा रहेका दीपेन्द्रलाई उछिन्दै अफगानिस्तानका मोहम्द नाबी आइपुगेका छन् । त्यसैगरी वेस्ट इन्डिजका रोस्टोन चेस चौथो स्थानमा रहँदा इंग्ल्यान्डका लियम लिभिङ्स्टन पाँचौँ तथा श्रीलंकाका वानिन्दु हसरंगा छैटौँ स्थानमा छन् ।
नेपालका कुशल भुर्तेल ३४ औं स्थानमा यथावत् छन् भने गुल्सन झा ५९ औं नम्बरमा छन् ।
