• Sunday 4th of October 2026

इजरायल र प्यालेस्टाइनबीचको युद्ध जारी, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो


  • धनकुटा खबर
  • .

एजेन्सी,इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ ।

इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको हो । जारी युद्धमा हालसम्म ११ सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ ।

यस्तै, प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको हो ।

आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖