• Wednesday 7th of October 2026

इजरायलमा रहेका नेपालीहरूको उद्धार लगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपालीहरुबारे आवश्यक निर्णय लिन बैठक बसिरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको जारी बैठकमा त्यहाँका रहेको नेपालीहरूको अवस्था र उनीहरूको उद्धारका विषयमा छलफल भइरहेको छ ।

संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गर्दै नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नु पर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरू गर्ने बताइएको छ ।

सरकारले आइतबार मन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖