• Friday 23rd of October 2026

जंगीअड्डा बाहिर तनाव, बालेन र हर्क जस्ता युवाहरू प्रधानमन्त्री हुनुपर्ने भन्दै नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् ।

उनीहरूले जेनजीको नेतृत्व बालेन शाह जस्ता युवाले गर्नुपर्ने माग गरेका हुन् ।

जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरूले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा राखेका हुन् ।

सेनाले जेनजीका प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ । यसबारे ठोस निष्कर्ष निस्किएपछि संसद विघटन, संविधान निर्माण र निर्वाचन प्रणालीबारे फाइनल हुने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖