नेपाली सेना, राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी प्रतिनिधिहरूबीच आज अन्तरिम सरकार गठनबारे निर्णायक वार्ता हुने भएको छ।
जेन-जीले नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंग्याइसकेका छन्।
कार्कीलाई सेनासँगको छलफलपछि राष्ट्रपतिसँग औपचारिकता दिने तयारी छ।
मेयर बालेन शाहले समेत उनको उम्मेदवारीलाई समर्थन गरेका छन्।
