• Friday 23rd of October 2026

बाँकी संविधान र नेपाल छ, त्यो जल्नु भएन : रामहरि खतिवडा


  • धनकुटा खबर
  • .

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताएका छन् ।

‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖